FAQs Complain Problems

समचार

इन्द्रावती देवी मन्दिर, मौवा

Read More

तुम्बेवा गाउँपालिकाकाे केन्द्र, माैवा बजार

Read More

महागुरु फाल्गुनन्द पार्क

Read More

तमोर नदी

Read More

तुम्बेवा मन्दिर

Read More

तुम्बेवा गाउँपालिकाको परिचय

पाँचथर जिल्लाको १ वटा नगरपालिका ७ वटा गाउँपालिकाहरु मध्ये सुदुर दक्षिण क्षेत्रमा तुम्बेवा गाउँपालिका रहेको छ । यस गाउँपालिकाको नाम तुम्बेवा डाँडाको नामबाट राखिएको हो । लिम्बु भाषमा तुम्बेवा शब्द तुम+पक+वा गरि तीन स्वतन्त्र शब्दहरु मिलेर बनेको हो । तुम् अर्थात पानिका वाष्पहरु वा भगवानहरु भेट्ने स्थान पक् अर्थात तपक्क खस्ने र वा अर्थात पानि या बर्षा भन्ने हुन्छ । त्यो अग्लो पर्वतको टुप्पोमा पानिका वाष्पहरु त्यस स्थानमा भेट भएपछि बर्षा हुने, उक्त स्थानमा भगवानहरु भेट हुने स्थान भनेर चिनिन्छ । जिल्ला सदरमुकाम बाट ७२ किलोमिटर टाढा रहेको यो  गाउँपालिका साबिक ४ वटा गा. वि.स. आङ्गना,मौवा,वलने र हाङ्गगुम गा. वि.स.का ३६ वटा वडा मिलाएर ५ वटा वडाको तुम्बेवा गाउँपालिकाको निर्माण भएको छ l यो गाउँपालिकाको सिमाना सबै तिर खोला र नदीले छुट्याएको छ l यस गाउँपालिकालाई तमोर करिडोर मोटरबाटोले छोएको छ l यस गाउँपालिकामा बिजुली बत्ति २०७६/०२/२५ गते उत्घाटन भै विस्तारको क्रममा रहेको छ l एउटा प्राइम कमर्सियल बैंकको शाखा स्थापना भै सेवा सुचारु भएको छ l ११७.३४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस गाउँपालिका भूगोल र जनसंख्याको आधारमा पाँचथर जिल्लाकाे स्थानीयतह मध्ये सबैभन्दा सानो र थोरै जनसंख्या रहेको गाउँपालिका हो l यस गाउँपालिका भित्र कुल ११,१८९  जनसंख्या क्षेत्री, ब्राह्मण,लिम्बू, राई, तामाङ, नेवार, मगर, सुनार, देवान, दलित आदि  जातजातीको बसोबास रहेको छ l यो गाउँपालिका समुन्द्र सतहदेखि ३०० मिटर देखि १९८१ मिटर सम्मको उचाईसम्म रहेको छl यस गाउँपालिकामा मुख्य अन्नबाली मकै, कोदो,धान, दालहन, नगदेबालीमा बदाम, कपास, अलैची, अदुवा, अम्लिसो, चिराइतो, अर्गेली आदि l पशुपालनमा गाई, बाख्रा, बंगुर पालन रहेको छ l तर व्यवसायीक पशुपालन हुन सकेको छैन l साथै यो गाउँपालिका सुख्खा खडेरी ग्रस्त छेत्र पर्दछ l

Pages

Tumbewa Poll

तपाईहरुलाई तुम्वेवा गाउँपालिकाको सेवा सुबिधा कस्ताे लाग्छ ?

जन प्रतिनिधि

अध्यक्ष

फोन:
९८५१३१८१४४

उपाध्यक्ष

फोन:
९८४२१५५२१५

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9851183059
सूचना अधिकारी
9852620197

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता भए नि:शुल्क अन्यथा रु. २०० प्रतिलिपी दस्तुर रु‍. ५००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • अदालतबाट सम्बन्धबिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  •  पतिपत्नीको नागरिकता  प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताको प्रतिलिपी
  •  विदेश स्थीत अदालतबाट भएकाे फैसलाकाे हकमा अंग्रेजी भाषामा अनुवादलाई नाेटरी पब्लिक वा कन्सुलरबाट प्रमाणिकरण गरेकाे सक्कल प्रति
  • विवाह दर्ताकाे प्रमाणपत्रकाे प्रतिलिपी
  • तीनपुस्ते विवरण खुल्ने कागजात (बाजे,बजु,बाबु र आमाकाे नामथर र जन्म मिति)
  • सूचक पति वा पत्नी मध्ये १ हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता भए नि:शुल्क अन्यथा रु. २०० प्रतिलिपी दस्तुर रु‍. ५००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  •  बसाई सरी आउने वा जाने सबैको नागरिकताको प्रतिलिपि र नाबालकको हकमा जन्म दर्ताको प्रतिलिपि
  •  बसाईसराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति आउनेकाे हकमा
  • सरी जाने ठाउँकाे यथार्थ विवरण
  • सबै जनाकाे बाबु र आमाकाे नागरिकता वा जन्म दर्ताकाे प्रमाणपत्रकाे प्रतिलिपी
  • जानेमध्येबाट १८ बर्ष पुगी नागिरकता भएकाे
सेवा प्रकारः-
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता भए नि:शुल्क अन्यथा रु. २०० प्रतिलिपी दस्तुर रु‍. ५००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र
  •  दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताकाे प्रमाणपत्रकाे प्रतिलिपी
  •  तीनपुस्ते विवरण खुल्ने कागजात
  •  दुलाहा दुलहीको हालै खिचेको ३/३ प्रति फोटो
  • कुनै एक विदेश भएमा विदेश स्थीत नेपाली नियाेगबाट प्रमाणित अधिकृत वारेसनामा 
  • अदालतबाट नाता कायम भएकाे अवस्थामा दुलाहा वा दुलही मध्ये कुनै एक नभएमा अदालतबाट भएकाे नाता कायमकाे कागजात
  • सूचक पति र पत्नी दुबै
सेवा प्रकारः-
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता भए नि:शुल्क अन्यथा रु. २०० प्रतिलिपी दस्तुर रु‍. ५००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • मृतक र सुचकको नागरिकताको प्रतिलिपि
  • मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र वा जन्म प्रमाणित 
  •  दुर्घटनाबाट मृत्यु भएको हकमा प्रहरी रिपोर्ट
  • तीनपुस्ते खुल्ने विवरण
  • मृतक विदेशी भएमा सूचक र मृतककाे राहदानी, प्रवेशाज्ञा तथा नीज त्यस वडामा बसाेवास गरिरहेकाे प्रमाण
  • सूचक एकाघरकाे १८ बर्ष पुरा गरी नागरिकता भएकाे व्यक्ती
सेवा प्रकारः-
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता भए नि:शुल्क अन्यथा रु. २०० प्रतिलिपी दस्तुर रु‍. ५००
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र
  •  बालक वा बालिकाको बाबु र आमाको नागरिकताको प्रतिलिपि
  •  स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए सम्बन्धित अस्पतालले जन्म प्रमाणित परिचयपत्रको प्रतिलिपि
  •  घरमा जन्म भएको भए पछिल्लो पटक खोप दिएको प्रमाण l
  • विवाह दर्ताकाे प्रमाणपत्रकाे प्रतिलिपी
  • विदेशी भएमा बाबुआमाकाे राहदानी प्रमाणपत्रकाे प्रतिलिपी तथा सम्बन्धीत स्थानीय तहकाे वडामा बसाेवास रहेकाे प्रमाण
  • भारतीय भएमा भारतीय नागिरक भनी पिहचान खुल्ने प्रमाण
  • बाबु बेपत्ता वा ठेगाना थाहा नभएकाे भए साे सम्बन्धमा प्रहरीकाे पत्र
  • सूचक बाबु आमा वा एकाघरकाे १८ बर्ष पुगी नागरिकता भएकाे

अन्य

//